विजय र अञ्जनाले सुरु गरे ‘सिन्दुरे जात्रा’ को छायांकन
सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले चलचित्रको छायांकन सुरु गरेको हो ।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भएको हो । शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए ।चलचित्र ३५ दिन छायांकन गर्ने सेड्युल रहेको छ।
अभिनेता विजय बराल, अञ्जना बराइली र निर्देशक सरोज पौडेलको यो दोस्रोपटक सहकार्य हो । यसअघि उनीहरूले चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ ।




