‘राम नाम सत्य’ निर्देशकले गरे चलचित्र ‘हेराई’ घोषणा
चलचित्र ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुने चलचित्रको शिर्षक ‘हेराई’ राखिएको छ। प्रि- प्रोडक्सनको काम भैरहेको चलचित्रका कालाकार छनोट प्रक्रियामा रहेका छन्।

केहि महिनामा नै चलचित्रको छायांकन गर्ने तयारी निर्माण टिमले गरेको छ। एक्सन जनराको ‘राम नाम सत्य’ ले साढे ३ करोड बराबरको ग्रस कलेक्सन गर्न सफल भएको थियो। अब भने माइकलले लभ स्टोरी जनरामा चलचित्र निर्माणको तयारी गरेका छन्।
‘एक हेराई अनेक वुझाई’ ट्याग लाइन दिइएको चलचित्रलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने छन् भने सह–निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । चलचित्रबारे माइकल भन्छन्–‘यसपटक हामीले पूर्णतया लभ स्टोरी कथामा चलचित्र बनाउँदैछौं । चलचित्रले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ ।’ चलचित्रलाई यसैबर्ष रिलिज गर्ने योजना रहेको छ।




