मोसफल यात्रामा निस्कियो दया, तेरिया सहित ‘मिटज्यु’ टीम
चलचित्र ‘मीतज्यू’ गएको शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ। दर्शकको राम्रो साथ पाइरहेको चलचित्रको टीम काठमान्डौका दर्शक भेटेर मोफसल यात्रामा निस्किएको छ। मुख्य कलाकार दयाहाङ राई, टेरिया फौजा मगर र निर्देशक अनिल बुढा मगरसहितको टिम नेपालगञ्ज, दाङ र बुटवलतर्फ लागेको छ। उनीहरूले त्यहाँ रहेका हलमा दर्शकसँगै बसेर चलचित्र हेर्ने निर्माण पक्षले जानकारी दिएको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य भूमिकामा छन्। सौगात, दयाहाङ र टेरियाका साथमा चलचित्रमा शिशिर वाङ्देल, खड्गबहादुर पुन मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतका कलाकारको अभिनय छ। जनक घर्तीमगर निर्माता रहेको चलचित्रलाई अनिल बुढामगरले निर्देशन गरेका हुन्।




