पूजा र जस्मिनको ‘हली’ साउन २२ गतेबाट रिलिज हुने


ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘हली’ साउन २२ गते बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको निर्माण टिमले चलचित्रका दुई नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो ।

चलचित्रको एक पोस्टरमा कलाकारहरू सरोज खनाल, प्रमोद दीप, ओम प्रतीक, सुजता थापा र अर्जुन गुरुङ (भंगेरी डन) देखिएका छन् ।
अर्को पोस्टरमा प्रमोद र सुजतासहित चलचित्रको ‘चान्स पाए त’ बोलको गीतमा नृत्य गरेका कलाकारहरू दीलिप रायमाझी, किरण केसी, दीपाश्री निरौला, पूजा शर्मा र प्रियंका कार्की देखिएका छन् । उनीहरू गीतमा मात्र देखिनेछन् ।


जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, प्रमोद दीप, सुजता थापा, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी, ओम प्रतीकलगायतका कलाकारहरूको अभिनय रहेको छ । पूजा गुरुङ (गर्वी) र जस्मिन श्रेष्ठले निर्माण गरेको चलचित्रमा नम्रता भण्डारी सह-निर्माता र अर्जुन भुसाल कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्