मलिकालाई अनुबन्ध गरेसंगै सुरु भयो ‘आ बाट आमा २’ को छायांकन


चन्द्र पन्तको निर्देशनमा तयार भैरहेको चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ। मल्टिस्टारर चलचित्रको छायांकन निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट सुरु गरेको हो। हिजो मात्र चलचित्रको मुख्य अभिनेत्रीको रुपमा मलिका महतलाई निर्देशक पन्तले अनुबन्ध गरेका थिए।

यस अगाडी चलचित्रमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्। चलचित्रमा तीन अभिनेत्रीको अभिनय रहनेछ। दर्शकले पहिलोपटक चलचित्रमा पल शाह र मलिका महतको जोडीलाई देख्न पाउनेछन् । म्युजिक भिडियोमा दर्शकले सर्वाधिक रुचाएको जोडी हो पल र मलिकाको।

चलचित्रमा पल शाह,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का लगायतको अभिनय रहनेछ। चलचित्र कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन्। यो बर्षको दशैँमा असोज ३० गतेबाट रिलिज हुने चलचित्रको विदेश प्रदर्शन अधिकार केहि देशमा बिक्रि भैसकेको छ। अमेरिका र क्यानडा प्रदर्शनका लागि वितरक डोको फिल्म्सले खरिद गरेको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने चलचित्रका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्