साउन २९ बाट मुकुन भुषालको चलचित्र ‘लज्जावती’ रिलिज तय
मुकुन भुषाल प्रमुख भुमिकामा रहेको चलचित्र ‘लज्जावती’ को छायांकन सम्पन्न भएसंगै प्रदर्शन मिति तय गरिएको छ। राजबहादुर सानेको निर्देशनमा तयार भएको चलचित्रको गतसाता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा छायांकन सम्पन्न गरिएको हो। छायांकन सम्पन्न भएसंगै साउन २९ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ।

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रकामा दिव्यराज सुवेदीको छायांकन छ ।
चलचित्रका मुकुन भुषाल, श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।




