विदेशमा बढ्दो ‘पेन्सन पट्टा’ को माग, अस्ट्रेलिया–न्युजिल्यान्ड अधिकार बिक्री


माओत्से गुरुङ को निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ को विदेश माग आकर्षक देखिएको छ। चलचित्र यस अगाडी बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भएको थियो। बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले प्रदर्शन अधिकार खरिद गरेको हो । यस बीचमा चलचित्रको अष्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री भएको छ । दि ब्याक ईभेन्ट्सले अष्ट्रेलिया र न्युजिल्याण्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका निर्देशक तथा लेखक माओत्से गुरुङ हुन् भने छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउण्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउण्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् । चलचित्र भदौ २६ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्