‘आ बाट आमा २’ हङकङ प्रदर्शन अधिकार विक्री


चन्द्र पन्तको निर्देशनमा तयार भैरहेको चलचित्र ‘ आ बाट आमा २’ दर्शकका लागी प्रतिक्षित बनिरहेको छ। पहिलो भागले नै १४ करोड माथीको व्यापार गरेको कारण पनि यो चलचित्र दर्शकका लागी पर्खाईको बिषय बनेको छ। अझ चलचित्रको पर्दामा पहिलोपटक पल शाह र मलिका महतको जोडी दर्शकले देख्न पाउदैछन् । सोहि कारण पनि चलचित्र अझ प्रतिक्षित बनिरहेको छ। पहिलो चरणको छायांकन सम्पन्न भएको चलचित्रको दोश्रो सेड्युल चाडै गर्ने तयारीमा निर्माण टिम रहेको छ। प्रचार सामाग्री सार्वजनिक हुनु अगाडी नै चलचित्रको विदेश राइट्स विक्री भैरहेको छ । विभिन्न देशहरुमा विक्री भैरहेको चलचित्रको हङकङ प्रदर्शन अधिकार पनि विक्री भएको हो। श्री स्वर्णिम कम्युनिकेसन प्रा.लि.ले चलचित्रको हङकङ प्रदर्शन अधिकार खरिद गरेको हो।

चलचित्रका निर्देशक चन्द्र पन्तले अन्तर्राष्ट्रिय बजार अन्तर्गत हङकङको प्रदर्शन अधिकार उल्लेख्य र महँगो रकममा बिक्री भएको जानकारी दिए। उनका अनुसार सम्झौता महँगो रकममा भएको भए पनि व्यापारिक गोपनीयताका कारण आधिकारिक अङ्क भने अहिले खुलाइएको छैन।
यसअघि नै चलचित्रको जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको राइट्स ‘डोको फिल्म्स’ ले खरिद गरेको छ।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलिप अखेडाको मुख्य भूमिका रहनेछ। निर्देशक पन्तकै लेखन र पटकथा रहेको चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्। चलचित्र दशैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउंदैछ।

प्रतिक्रिया दिनुहोस्