‘अक्षरा’ पोष्टरमा न्यान्सीको उदासिनता


भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा चलचित्रकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई प्रस्तुत गरिएको छ। गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् । पोस्टरको पृष्ठभूमिमा पात बिनाका दुई रुखहरू र सूर्य अस्ताउन लागेको दृश्य देख्न सकिन्छ । यसले अक्षरा पात्रको एक्लोपन, निराशा, वियोग, र अनिश्चित भविष्यलाई प्रतिबिम्बित गरेको छ ।

‘१२ गाउँ’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी न्यान्सी पछिल्लो समय चलचित्रमा व्यस्त रहेकी छिन्। उनि अनमोल केसी को ‘बाटुलो जुन’ मा देखिदैछिन्। २०२२ मा ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि जितेकी न्यान्सी पछिल्लो समय चलचित्र क्षेत्रमा व्यस्त रहेकी छिन्।

विनय राज पौडेलको निर्देशनमा बनेको चलचित्रमा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ । सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको चलचित्रका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् ।

प्रतिक्रिया दिनुहोस्