‘ल्याङ्ग ल्याङ्ग’ मा रियान गिरि प्रमुख भूमिकामा अनुबन्ध


गायनबाट आफ्नो करियरको सुरुवात गरेका रियान गिरि पछिल्लो समय चलचित्र अभिनयमा सक्रिय रहेका छन्। ‘होस्टेल ३’ बाट चलचित्र अभिनय यात्रा सुरुवात गरेका उनि एक पछि अर्को चलचित्रमा काम गरिरहेका छन्। रिहानले ‘आहुती’ , ‘छ माया छपक्कै २’ ,’तिमी मेरो म तिम्रो’ लगायतको चलचित्रमा उनले अभिनय गरिसकेका छन्। लगातार चलचित्रमा अभिनय गरिरहेका रियान नयाँ चलचित्रमा अनुबन्ध भएका छन्। बलिराम चौहानको निर्देशनमा तयार हुने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा रियान अनुबन्ध भएका हुन्।

“रियानलाई हामीले हाम्रो चलचित्रमा अनुबन्ध गरेका छौँ । उनी मुख्य भूमिकामा हुनेछन्,” निर्देशक चौहानले भने, “हाम्रो कथामा फिट हुने देखेरै हामीले अनुबन्ध गराएका हौँ ।” गतवर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’बाट डेब्यु निर्देशन गरेका चौहानले अब चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्देशन गर्न लागेका हुन ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो ।

‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सार्वजनिक गरेका थिए ।
‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्