‘भटभटे माइला’ बेगम नेपाली ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित


अमरदीप सापकोटाको निर्देशनमा तयार हुने चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा कलाकारको लाइनअप थपिदै गएको छ। पशुपति शर्मा, परितोशिका पन्त, प्रभात लामा पछि अव चलचित्रमा बेगम नेपाली अनुबन्ध भएका छन्। ‘भटभटे माइला’को चरित्र मार्फत लोकप्रिय रहेका नेपाली चलचित्रमा नायकको रुपमा नै देखिने निर्माण टिमले जनाएको छ।

पशुपति, प्रभात र बेगम तीनै जना नायक रहेको चलचित्रको निर्माण टिमले जानकारी दिएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता रघुनाथ सापकोटा हुन्। यहि साताबाट छायांकनमा जाने चलचित्रको छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्