‘आकाश वर्षा’ निर्माणको घोषणा, ‘मितज्यु’ निर्माता जनकले निर्माण गर्ने
चलचित्र ‘आकाश वर्षा’ को निर्माण घोषणा भएको छ। ‘मितज्यु’ निर्माता जनक घर्ति मगरको निर्माण रहने चलचित्रको औपचारिक घोषणा गरिएको हो। सुदीप भजुले निर्देशन गर्ने चलचित्र जीएम मुभी प्रोडक्सनको प्रस्तुतिमा तयार हुनेछ। चलचित्रको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकासबाट हल्का वर्षा भइरहेको देखिएको छ ।

बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ ।
निर्माता जनक भन्छन्, “हाम्रो यो चलचित्र विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ ।” चलचित्रको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन । निर्माता जनक स्वयंको परिकल्पना रहेको चलचित्रका लेखक अमीर मगर रहेका छन् ।जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्र निर्माण गरेका थिए ।




