चलचित्र ‘मास्टर्नी’ का नयाँ दुई पोष्टर सार्वजनिक
आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मास्टर्नी’ का दुई पोष्टर सार्वजनिक भएका छन्। केहि समय अगाडी सार्वजनिक भएको प्रियंका कार्की फिचर्ड एकल पोष्टरले दर्शकको मन जितेपछि निर्माण टिमले दुई फरक नयाँ पोष्टर सार्वजनिक गरेको हो।
पहिलो पोष्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्का प्रस्तुत रहेका छन्। पोष्टरमा प्रियंकाको अँगालोमा सिम्रन रहेकी छिन्। यसले केहि भावुकता जनाउछ। चलचित्रले आमा छोरीको कथा रहेको दर्शाउछ।

दोश्रो पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकार रहेका छन्। प्रियकाको साथमा प्रमोद अग्रहरी र सिम्रन खड्का रहेका छन्। क्राइम स्पटमा प्रहारीले प्रयोग गर्ने ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ ले कुनै घटना घटेको र प्रहरीले अनुसन्धान गरिरहेको अनुभूति गराउछ।
यसरी हेर्दा चलचित्र क्राइम थ्रिलर जनरामा रहेको स्पष्ट पार्छ। हराएका व्यक्तिहरु समावेश ब्याकग्राउन्डले रहस्य र अपराधको संकेत दिएको छ। त्यस्तै “उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्।”, भन्ने ट्यागलाइनले आफ्नी छोरी बचाउनका लागी आमाले गरेको कुनै कामको संकेत गर्छ।

प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको चलचित्रलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंकाको साथमा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रूपमा सिमोस सुनुवार रहेका छन् । प्रियंका कार्कीको कथा रहेको चलचित्रको स्क्रिप्ट शान बस्नेतले तयार पारेका हुन् भने प्रियंका र शान मिलेर डाइलग लेखेका छन् । युवराज इन्दोरियाले खिचेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।
चलचित्र नेपालीसहित अन्य भाषामा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउनेछ।




