नीता र अशोकको मनछुने दृश्यमा ‘पार्वती’ टीजर
नीता ढुंगानाको निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती’ को टिजरले दर्शकको सकारात्मक साथ पाएको छ। बुधबार रिलिज भएको टीजरमा दिदिभाई को सम्बन्धको भावनात्मक कथा प्रस्तुत भएको छ । अटिजमले प्रभावित दिदि र उनका भाईका संवाद मनछुने रहेका छन्।

। पार्वती अर्थात नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ। अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन्। नीताका साथमा अशोक दर्जी,दीपाश्री निरौला,सिरु विष्ट,राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय गरेको छ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको चलचित्रको चलचित्रको निर्मातामा हरिहर अधिकारी र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्। चलचित्र भदौ १२ गतेबाट रिलिज हुँदैछ।





