‘बा : एक योद्धा’ को नयाँ गीतमा केकी अधिकारी


चलचित्र ‘बा : एक योद्धा’ को नयाँ गीत सार्वजनिक भएको छ। समिक्षा अधिकारी र सागर आलेको स्वरमा रहेको ‘नभन्नू कोइसित’ गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ। नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ । गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य छ ।

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा भदौ १९ गतेबाट प्रदर्शनमा आउंदैछ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्