नेपाल र माल्दिभ्समा एकैसाथ रिलिज भयो ‘हली’
यहि शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको ‘हली’ चलचित्र माल्दिभ्समा पनि प्रदर्शनमा आएको छ। नेपाल र माल्दिभ्समा एकसाथ प्रदर्शनमा आएको चलचित्र विदेशका अन्य स्थानमा पनि प्रदर्शनमा आउने तयारीमा रहेको छ। अगष्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा युके र अक्टोबर ११ मा हङकङमा चलचित्र प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ।

छाउपडी कुप्रथाको सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रलाई जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेका हुन्। ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पूजा गुरुङ र जश्मिन श्रेष्ठ निर्माता र कार्यकारी निर्माता अर्जुन भुसाल हुन्।
चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ।





