‘पार्वती’ को गीत ´मेरो दिदी` सार्वजनिक


भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’ को लिरिकल गीत ‘मेरो दिदी ’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो।

बाबुल गिरीको शब्द संगीत तथा स्वर रहेको गीतमा स्वर अशोक दर्जीको पनि छ। उनी यस चलचित्रको अभिनेता पनि हुन्। सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीलाई देख्न सकिन्छ । कारुणिक भाव व्यक्त गरिएको यो गीतमा दिदी भाइको माया पोखिएको छ। रक्षाबन्धनका समयमा दिदीभाईको माया गाँसिएको कुराले दर्शकलाई भावुक बनाउन सक्छ।

नीता ढुङ्गानाकै निर्देशनमा बनेको यस चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको चलचित्रमा नृत्य निर्देशन रामजी लामिछानेको छ। हरिहर अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता शंकर पाण्डे हुन्।

प्रतिक्रिया दिनुहोस्