निरुता सिंहको ‘सारथी ‘ मङ्सिरमा रिलिज तय
अभिनेत्री निरुता सिंहको कमब्याक चलचित्र ‘सारथी’ को प्रदर्शन मिति तय गरिएको छ। कुमार गजुरेल निर्देशित चलचित्र मङ्सिर ११ गते रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ। निर्माण टिमले चलचित्रको पहिलो झलक सार्वजनी गर्दै रिलिज मिति घोषणा गरेको हो। पोष्टरमा निरुता गम्भीर भूमिकामा देखिएकी छिन्।

उनको भावभंगी र पोस्टरको प्रस्तुतिले चलचित्रको कथाप्रति दर्शकमाझ कौतूहल बढाउने देखिन्छ । यो पोस्टरमा अभिनेत्री सिंहको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन् ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको ‘सारथी’मा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन् । चलचित्रमा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीको अभिनय रहेको छ ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर हुन् । छायांकन संकल्प भुजेलले गरेका हुन् ।







