बाढीमा सवैथोक गुमाएको परिवारलाई नीति र आश्माको सहयोग
भोटेकोशी बाढीले पिडामा रहेका व्यक्तित्वको घाउँमा मल्हम लगाउन सेलिब्रेटीहरु अग्रसर देखिएका छन्। १० भदौको बिहान भोटेकोशीको बाढीमा रसुवाको उत्तरगया-५, बेत्रावतीका राजकुमार डंगोलले पनि सबथोक गुमाए ।

सबैभन्दा ठूलो पीडा चाहिँ मिर्गाैला रोगी पत्नी विष्णुकुमारीको उपचारका लागि उनले जुटाएको २५ लाख रुपैयाँ र गरगहना गुमाउँदा भयो । उनले दुःख गरेर कमाएको रकम र जोडेको गरगहना बाढीले बगाएपछि गरेको याचना सामाजिक संजालमा भाइरल बनिरहेको छ । उनको परिवारलाई ३ लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ। पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह, पूर्वमिस नेपाल आश्माकुमारी केसी र त्रिसरा रेस्टुरेन्टले संयुक्तरुपमा राहतस्वरुप ३ लाख रुपैयाँ रकम प्रदान गरेका छन्।








