भदौ २९ गतेबाट छायांकनमा जाँदै ‘कंगाल करोडपति’
चलचित्र ‘कंगाल करोडपति’ को शुभ-मुहूर्त भएको छ। राजु श्रेष्ठको निर्देशनमा प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने चलचित्र भदौ २९ गतेबाट फ्लोअरमा जानेछ। अनिल कुमार बुढाथोकी निर्माता रहेको चलचित्रको सह- निर्मातामा अश्विन बराल, दिपेश तिरुवा तथा प्रविन राई रहेका छन्। चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने संवाद तथा पटकथा चानस पुन मगरले लेखेका हुन्। सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा हरि घले लामाको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ।
सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने चलचित्रको टीमले बाढीपहिरो पीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ।








