लक्ष्मी र कामेश्वरको ‘परिवार’ कार्तिकमा रिलिज तय


चलचित्र ‘परिवार’ ले कार्तिक १३ गतेलाई प्रदर्शन मिति तय गरेको छ। रे अफ आर्ट प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रलाई मदन थापाले निर्देशन गरेका छन्। रमेश शाही निर्माता रहेको चलचित्रमा आरम्भ रिजाल सह- निर्माता, कैलाश रावल कार्यकारी निर्माता रहेका छन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्माण भएको चलचित्रमा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापा लगायतका कलाकारहरुको अभिनय छ । ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नामक थिममा चलचित्र बनेको छ। पोष्टरमा कामेश्वरलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ भने लक्ष्मीलाई पुरुषको भूमिकामा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्