‘आ बाट आमा २’ को टिजर आक्रामक, १८ घण्टामाई १० लाख बढी भ्युज


प्रतिक्षित चलचित्र ‘आ बाट आमा २’को टिजरले सामाजिक संजालमा धमाका सिर्जना गरेको छ । रिलिज भएको १८ घन्टामा नै १० लाख बढी भ्युज बटुलेको टिजरको प्रतिक्रिया उत्साहजनक रहेको छ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्र पन्तको निर्देशन रहेको छ। टिजरमा मुख्य तीन कलाकर विपना थापा, पल शाह र मलिका महतलाई प्रस्तुत गरिएको छ। पल र मलिकाको प्रेम दृश्य सहित सुरु भएको टिजरमा छोरा (पल) को आमा (विपना थापा) प्रतिको प्रेम र गुमाउने डरलाई भावुक रुपमा प्रस्तुत गरिएको छ।

विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरले आमा छोराबीचको कथालाई अगाडि बढाएको छ। चलचित्रमा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रमा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। चलचित्रका कार्यकारी निर्माता करण सिंह हुन्।

प्रतिक्रिया दिनुहोस्