दिपेन्द्र लामाको निर्देशनमा पल र जसिताको जोडी बाँधिँदै
रोहित अधिकारीको निर्माणमा तयार हुने चलचित्रको लागी पल शाह र जसिता गुरुङ्गको जोडी पक्का भएको छ। रोहित अधिकारी फिल्म्सको व्यानरमा बन्ने चलचित्रमा पल र जसिताको जोडीलाई दिपेन्द्र लामाले निर्देशन गर्नेछन्। चलचित्रमा पहिलोपटक पल र जसिताको जोडी दर्शकले देख्न पाउनेछन्। चलचित्रको शीर्षक भने तय भइसकेको छैन ।

यसैबीच, रोहित अधिकारी फिल्म्सले अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’ पछि त्यसैको सिक्वेलका रूपमा अर्को चलचित्र निर्माण गर्ने जानकारी यसअघि नै सार्वजनिक गरिसकेको छ ।






