चर्चा बटुल्दै ‘जदौ’ को एक्सटेन्डेड ट्रेलर’
असोज ९ गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘जदौ’ को सोमबार सार्वजनीक ‘एक्सटेन्डेड ट्रेलर’ ले दर्शकको प्रशंसा पाएको छ। अन्तरजातीय प्रेमसम्बन्धले परिवार,समाजमा परेको असर,पात्रहरुले प्रेमप्राप्तिका लागि गर्नु परेको संघर्ष र द्वन्द्वको चित्रण देखिने साढे दुई लामो ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिकृया दिएका छन् । ट्रेलरमा प्रस्तुत गरिएका संवादहरुले अहिले सामाजीक संजालमा चर्चा पाएका छन् ।

ड्रेस सिलाउन आएकी नीतिलाई मुकुनले ‘म बमबहादुर,थर बर्देवा,गोत्र काश्यप..यहाँको नि ?’ भनेर सोध्दा नीतिले–‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र..?’ भनेको संवादले चलचित्रको अन्तरबस्तुको झल्को दिएको छ । त्यसैगरी, प्रभात पलले नीतिलाई,–‘म बिना एक्लै बाँच्न सक्छौ ?’ भनेर दर्शाएको प्रेममा नीतिले आफ्नो आमा र दाईको अगाडि पोखेको पीडा,–‘बाँच्न सिक्नुपर्छ,जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे..’ होस् या प्रभातले आक्रोशयुक्त पीडामा बोलेको,–‘हो हो हो म दमइ हो..’ भन्ने संवाद ले अहिले नेपाली समाजमा यद्यपी ब्याप्त रहेको जातीय उचनिचको बिदेभ प्रष्ट्याएको छ । जसले गर्दा ‘जदौ’ को बिषयबस्तुको गहनता र गहिराइप्रति दर्शकमा ब्याग्रता बढाएको छ
अन्जन शर्मा र काजी लिम्बूले निर्देशन गरेको चलचित्रमा मुकुन भुसाल,ऋचा शर्मा,नीति शाह,प्रभातपल ठकुरी,बिनोद न्यौपाने,खड्गबहादुर पुन लगायतका कलाकारले अभिनय रहेको छ।
नेपाली चलचित्र केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका लागि केही सकारात्मक सन्देशसमेत प्रदान गरुन भन्ने मनसाय लेखक समेत रहेका निर्देशक लिम्बूको छ । उनले आफूले नेपाली समाजमा देखि,भोगीरहेको जातीय भेदभाव,कुरितको बिरुद्ध यो चलचित्र मार्फत आवाज बुलन्द गर्न खोजेको बताएका छन् भने अर्का निर्देशक अन्जनले ‘जदौ’ हेर्ने मात्र नभइ महसुस र मनन गर्ने चलचित्र बनेको बताउदै आएका छन् । शान्ति पुडासैनीको कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । राजाराम सुवेदी,दीपक पोखरेल,नारायण शास्त्री र सुमीत्रा देवकोटा सहनिर्माता रहेका छन्।








