चलचित्र ‘३६ को आँकडा’ को पहिलो गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक


चलचित्र ‘३६ को आँकडा’ को पहिलो गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक भएको गीतमा सत्यराज आचार्य र अञ्जु पन्तको स्वर, सुरेश अधिकारीको शब्द र संगीत रहेको छ। राजु शाहको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेखा थापा, महेश त्रिपाठी र पूजा शर्मा, पुष्प खड्काको जोडीलाई प्रस्तुत गरिएको छ। प्रेममा परेपछि मनमा उब्जिने भावनालाई गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा दुवै जोडीको केमेष्ट्री आकर्षक देखिएको छ। बिशेष गरि गीतको कोरियोग्राफी र छायांकनको पाटो आकर्षक देखिएको छ।

सवीर श्रेष्ठ निर्देशित चलचित्र मङ्सिर १७ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा यी दुई जोडीको साथमा निरुता सिंह, सुवर्ण थापा, रमेश चन्द सिडारी, गीता बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ। पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त रहेकी निरुता करिव ७ बर्षपछि यहि चलचित्र मार्फत अभिनयमा पुरनागमन गरेकी हुन्।

रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा सवीर श्रेष्ठको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ। चलचित्रमा सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठको संयुक्त लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्