कमेडीले भरपुर ‘छ माया छपक्कै २’ ट्रेलर


यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ। असोज ३१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको ट्रेलर रमाइलो हिसाबले तयार पारिएको छ। ट्रेलरमा दिपकराज गिरि र केकी अधिकारी श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन्।

७ बर्ष अगाडी रिलिज ‘ छ माया छपक्कै’ मा दुवैको विवाह भएको थियो । त्यहि बाट निरन्तरता पाएको कथामा सन्तान प्राप्तिको लागी चलेको संघर्षको कथा रमाइलो हिसावले प्रस्तुत गरिएको छ। साथमा अभिनेत्री सनिशा भट्टराईको प्रवेशले कथामा थप रोचकता थपेको छ।

दिपेन्द्र लामा निर्देशित चलचित्रमा दिपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपालिया, रियान गिरि, मेक्सम गौडेल, निर्मल शर्मा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। आमा सरस्वती मुभिज,रोहित अधिकारी फिल्म्स र आइएमईको प्रस्तुती रहेको चलचित्रका निर्माता रोहित अधिकारि हुन् भने निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रको कथा निर्देशक लामा र दिपकराज गिरिले तयार पारेका हुन् भने स्क्रिनप्ले र डाइलग दिपकराजले तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्