सेन्सर बोर्डले ‘पाँच पाण्डव’ लाई दियो युनिभर्सल सर्टिफिकेट, दोश्रो ट्रेलर यस्तो बन्यो
कार्तिक २० गते शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । हास्यरसमा काटिएको ट्रेलरको केन्द्रमा हरिवंश आचार्य रहेका छन् । पाँच पाण्डव मध्ये जेठा युधिष्ठिरको भूमिकामा रहेका आचार्य स्वर्गबाट पृथ्वीलोक आफ्ना चार भाई खोज्न निस्किएको यात्रालाई ट्रेलरको केन्द्रमा राखिएको छ ।

यात्राको क्रममा पृथ्वीलोकमा आ- आफ्नो काम गरिरहेका उनका भाईहरु र उनीहरुसंगको यात्राको रोचकता ट्रेलरमा देखाईएको छ । चलचित्रमा आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने लगायतका कलाकारको अभिनय छ । नविन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा काली रानी श्रेष्ठको निर्माण र वसन्त निरौलाको निर्देशन रहेको छ । सुशील पौडेलले चलचित्र लेखेका छन् ।
चलचित्रको नाम, सार्वजनिक भएका प्रचार सामाग्रीलाई लिएर सामाजिक संजालमा आलोचन, विरोध र बहस भैरहेको छ । यहि बीचमा सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । यसले चलचित्रले कुनै धर्म, समुदायमा आपत्ति हुने प्रकारका कन्टेन्ट नरेहेको संकेत गर्छ ।








