चलचित्र ‘सिन्दुरे जात्रा’ को पोस्टरमा विजय र अञ्जनाको आँशु


चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र अञ्जना बराइली फिचर्ड छन् । विजय र अञ्जना पोस्टरमा रोइरहेका छन् । विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् । विजयका आँखामा पनि आसु छ ।

‘सिन्दुरे जात्रा’ लाई सरोज पौडेलले निर्देशन गरेका छन् । नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका अञ्जना र विजयको यो दोश्रो सहकार्य हो ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियार लगायत कलाकारको अभिनय रहेको छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह-निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

मङ्सिर १८ गतेबाट चलचित्र रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्