बक्स अफिस प्रतिष्पर्धामा उत्रिए ‘पिताम्बर’ र ‘कर्मा’, कस्तो छ बिहानी सुरुवात?
नयाँ बर्ष २०८२ को छेको पारेर २ नेपाली चलचित्र हलमा रिलिज भएका छन्। बर्षका अन्तिम रिलिजको रुपमा दुई नेपाली चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ बक्स अफिस भिडन्तमा उत्रिएका हुन्। कलाकारको बलियो लाइनअप, प्रचार सामग्रीको उच्च हाइपका कारण दुवै चलचित्र बक्स अफिसमा आक्रामक हुने अनुमान गरिएको छ।

कृषा चौलागाईको निर्देशनमा तयार भएको एक्सन प्रधान चलचित्र ‘पिताम्बर’ मा कलाकारको बलियो उपस्थिति रहेको छ। १७० बढी शो पाएको चलचित्रको बिहानी अकुपेन्सी ५० प्रतिशत भन्दा बढी देखिएको छ भने केहि हल हाउसफुल बनेका छन्। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, अनुप विक्रम शाही लगायतको अभिनय रहेको चलचित्रलाई बिशाल चौलागाईले निर्माण गरेका छन्।
१२५ बढी शो सहित रिलिज भएको चलचित्र ‘कर्मा’ लाई सौरभ चौधरीले निर्देशन गरेका छन् । वसन्त लम्सालको लगानी चलचित्रमा रहेको छ। यो चलचित्रको पनि बिहानीको अकुपेन्सी सुखद देखिएको छ । दिउँसोका केहि शो हाउसफुल देखिएका छन्। चलचित्रमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव लगायतको अभिनय छ । दुवै चलचित्रले नयाँ बर्षको छेकोमा कस्तो व्यापार गर्छन् त्यसको नतिजा नयाँ बर्षपछि थाह हुनेछ।