सौगात र अनुपको ‘जार’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, हलमा बुकिङ्ग खुल्ला
बैशाख २६ गते शुक्रबारबाट रिलिज तयारीमा रहेको ‘जार’ को प्रिमियर केहि दिन अगाडी (मंगलबार) गरिएको थियो । सौगात मल्ल, अनुपविक्रम शाही र गितान्जली थापा प्रमुख भूमिकामा रहेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

काठमाडौंको लाबिम मलमा आयोजित प्रिमियरमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, नायिका मनीषा कोइराला, नेतृ हिसिला यमी, नायक विपिन कार्की, नायिका केकी अधिकारी, निर्देशक प्रदीप भट्टराई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, नवल नेपाल लगायत उपस्थित थिए । संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने चलचित्रको छायांकन पक्षको प्रसंसा मिलेको छ।
प्रेम र वीरताको कथा भन्ने चलचित्र हेरेपछि पूर्व प्रधानमन्त्री भट्टराईले दुई सय वर्ष पुरानो परिवेशको चलचित्र पूर्ण मौलिक कथामा बनेको बताउँदै सो समयको समय र नेपालमा जार प्रथाको कथा वुझ्न यो चलचित्र हेर्नपर्ने बताए।
प्रिमियरमा उपस्थित अधिकांश कलाकारले चलचित्रले नेपाली चलचित्रलाइ नयाँ उचाइमा पुर्याउने बताए । फेरि टेल पिक्चर्सले निर्माण गरेको चलचित्रको बूकिङ खुलिसकेको छ ।