‘कान्स फिल्म फेस्टिभल’ को रेड कार्पेटमा प्रदिप खड्का


चलचित्रकर्मीहरुका लागी निकै प्रतिष्ठित र चासोका साथमा हेरिने ‘कान्स फिल्म फेस्टिभल २०२५’मा नेपाली चलचित्र ‘एक्लो’ को टिम सहभागी भएको छ । नेपाली चलचित्रको पहिलो सहभागिता स्टलसहित यो पहिलोपटक हो। यो चलचित्रलाई अन्तरराष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबिच ‘पिचिङ’ गरिएको छ।


यो फेष्टिभलको रेड कार्पेट सहभागिताको चर्चा सधै हुने गर्दछ। रेड कार्पेटमा नायक प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भएका छन् । नेपाली चलचित्र क्षेत्रकै लागि यो उपस्थितीलाई उल्लेखनिय मान्न सकिन्छ । यस्तै, ‘कान्स मार्केट’मा निर्माताहरु रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट सहभागी भए । नेपालको झण्डालाई समेत स्टलमा निर्माण टिमले राखेको छ।

साइन्स फिक्सन जनरामा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवनराज उप्रेति, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्