प्रदिपको ‘प्रकाश’ टिजर, शिक्षक बन्ने सपना भित्रको मर्मस्पर्शी कथा


प्रदिप खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रकाश’ को टिजर सार्वजनिक भएको छ । दिनेश राउत निर्देशित चलचित्रको टिजरमा प्रदिप र दिया मास्के फिचर्ड रहेका छन्।

टिजर निकै मर्मस्पर्शी बनाईएको छ। जुम्लाको एक विपन्न युवाले सरकारी शिक्षक बन्न देखको सपनाको कथा टिजरले बोल्छ।

बाबु र परिवारको सपना बीच आफ्नै सपना पुरा गर्न सृजित हुने द्वन्द्वको भाव टिजरले बोलेको छ। जुम्लाको भाषा र भेषभुषालाई टिजरमा प्रस्तुत गरीएको छ । भदौ १० गते रिलिज हुने चलचित्र बिनिश इन्टरटेन्मेन्टको प्रस्तुतीमा महेन्द्र अधिकारीको निर्माणमा बनेको हो।

प्रतिक्रिया दिनुहोस्