‘मिरमिरे’ मा दया र सृजनाको जोडी
दयाहाङ राईले महँगो पारिश्रमिक लिएको बताइएको चलचित्र ‘मिरमिरे’ मा अभिनेत्री फाइनल भएकी छिन् । यो चलचित्रमा सिर्जना निङलेखु मुख्य भूमिकामा रहनेछिन्। दया र सिर्जनाले चलचित्र ‘कार्साङ’ मा संगै सहकार्य गरेका थिए। यो जोडीलाई पुन दर्शकले एकपटक पर्दामा देख्न पाउने भएका हुन्।

आइतबार निर्माण कम्पनी यार्सा फिल्म्सले सिर्जनालाई चलचित्रको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरेको जनाएको छ । दयाहाङ भने एक महिनाअघि नै अनुबन्ध भइसकेका छन् । चलचित्रमा अभिनेता प्रकाश सपूतको पनि मुख्य भूमिका रहनेछ । ग्रामीण परिवेशको सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा अझै केहि नाम चलेका कलाकारको अभिनय रहनेछ। यम शेर्पाले निर्देशन गर्ने चलचित्रका कलाकारको लाइनअप बलियो बन्ने देखिएको छ।
निर्देशक शेर्पा स्वयंको लेखन रहेको चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता तथा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ सह-निर्मातामा छन् । यहि बर्ष रिलिजको तयारीमा रहेको चलचित्रका कार्यकारी निर्माता रोहित कट्टेल हुन्।