फ्राइडे रिलिज: ऋषिराजको ‘चुरिफुरी’



निर्देशक ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ । कलाकारको जम्बो टोली रहेको चलचित्र कमेडी जनरामा निर्माण भएको चलचित्र हो। डेव्यु कलाकारको साथमा नयाँ पुराना कलाकार लिएर रिलिज भएको चलचित्र दर्शकको माया पाउने अपेक्षामा रहेको छ । अभिषेक श्रेष्ठ, पूजा पन्त, रिन्जिन गुरुङको डेव्यु चलचित्र चुरीफुरीमा रविन्द्र झा, सुबोध गौतम, शिशिर भण्डारी, पवन खतिवडा, दिपक आचार्य, राजिवजंग बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

राहुल राईले खिचेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका छन्। ऋषिराज आचार्यको नै कथा र निर्माण रहेको चलचित्रमा बिमला भुषाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह- निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्