A vertical shot of the black cat in the dark darkness

कम नभएको निरुताको सुन्दरता (फोटोफिचर)


अभिनेत्री निरुता सिंह नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री हुन्। सालिन अभिनयका कारण दर्शकको मन जित्न सफल निरुतालाई दर्शकले ‘दर्पण छायाँ’ चलचित्र पश्चात अत्याधिक प्रेम दिए।

लगातार सफल चलचित्र दिएर करियरको उचाईमा रहेकै बेला निरुताले अभिनय छाडेर भारत बस्न थालिन् । दार्जिलिङ्ग स्थाई घर भएकी निरुताको चर्चा र खोजी अहिले पनि उत्तिकै हुने गर्दछ।

उनले नाई न भन्नु ल को पछिल्लो सिक्वेलमा गरेको केमियो र दाल भात तरकारीको अभिनयले उनी चलचित्र नगरीमा फर्कने दरिलो सम्भावना जिवितै रहेको छ । नेपालमै उनले पछिल्लो समय एक रियालिटी शोमा जजको भूमिका समेत निर्वाह गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्