A vertical shot of the black cat in the dark darkness

के विवाह गर्दैछन् राज र सुनिशा ?


तितो सत्यमा बालकलाकारको रुपमा आफुलाई राज आचार्यले स्थापित बनाए। दिपकराज गिरि र दिपाश्री निरौलाको छोराको भूमिकामा देखिएका राज पात्र अहिले पनि दर्शकको मनमा जीवित नै रहेको छ। उनै राज यतिवेला सिए (चार्टर एकाउण्टेन) को पढाई सकेर नेपालमा रहेका छन्। केहि म्युजिक भिडियोमा काम समेत गरिसकेका छन्। अव भने राज विवाहको तयारीमा रहेको खबर बाहिरिएको छ।

कलेज नेपालमा अभिनय गर्दै म्युजिक भिडियोमा समेत व्यस्त रहेकी मोडल सुनिशा बजगाईसंग उनले विवाह गर्ने तयारी गरेका हुन्। श्रोतले असार ७ गतेलाई विवाहको मिति तय भएको बताएको छ।

केहि समय अगाडीबाट यो जोडी प्रेममा रहेको चर्चा हुदै आएको थियो। राज कलाकार तथा निर्देशक शंकर आचार्यका छोरा हुन्। कला क्षेत्रलाई प्रेम गर्ने परिवारमा हुर्किएका राज र अभिनयमा आफुलाई स्थापित गराउने कोसिसमा रहेकी सुनिशालाई वैवाहिक जीवनको शुभकामना।

प्रतिक्रिया दिनुहोस्