यस्ता छन् नेपाल खेलकुद महासंघ (नेकोस) को प्रथम स्थाई कमिट बैठकका निर्णय


नेपाल खेलकुद महासंघ (नेकोस) को प्रथम स्थाई कमिटको बैठक २०७९ जेठ ३० गते सोमबार काठमाडौंमहानगरपालिका वडा न. १० स्थित महासंघको नवनिर्मित कार्यलयमा सम्पन्न भएको छ ।
महासंघका संयोजक कृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य एवं महाँसंघ इन्चार्ज गोकुल बास्कोटा र नेकपा एमाले केन्द्रिय सदस्य एवं महासंघ सहइन्चार्ज रमेशकुमार पौडेलको उपस्थिति रहेको थियो।
‘खेलकुद नागरिकको मौलिक अधिकार, सम्वृद्धि लागी जनस्वस्थ्य भन्ने मूल मान्यतालाइ आत्मसाथ गर्दैबसेको बैठकले केहि महत्वपूर्ण निर्णय समेत गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै त्रिपुरेश्वरबाट पुरानो बानेश्वर हाइटमा कार्यलय सारिएको औपचारिक जानाकरी समेत गराइएको छ। त्यस्तै नेपाल खेलकुद महासंघले पछिल्लो ४ महिनामा गरेको राजनीतिक, संगठनिक र आर्थीक गतिविधिलाई समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरे छलफल गरि पारित गर्दै सवै प्रदेशको कार्यप्रगति विवरण समेत प्रस्तुत गरिएको छ।

त्यस्तै महासंघका भावी कार्ययोजना समेत प्रस्तुत गरिएको छ।
महासंघका भावी कार्ययोजना यस्ता छन्।

१. काठमाडौं मेट्रो स्पोर्टस् फेस्टिभल अन्तर्गत आयोजना हुन् बाँकी खेलकुद कार्यक्रमहरु आगामी असार ११ गतेभित्र सम्पन्न गर्ने।

२. असार १० गतेसम्म महासंघमा आवद्ध सवै खेलसंघहरुको बैठक बसी देशभर हुने खेलकुद कार्यक्रमको बार्षिक क्यालेन्डर बनाउने
३. २०७९ साउन २८ र २९ गते महाधिवेशन आयोजक कमिटिको पूर्ण बैठक बसी राष्ट्रिय महाधिवेशनको मिति, स्थान तथा जिम्मेवारी तोक्न।

४. मङ्सिर १४ गते महासंघ स्थापणा दिवसको अवसरमा देशभर साताव्यापी खेलकुद महोत्सव आयोजना गर्ने।

५. विभिन्न चाडपर्वहरुमा स्थानिय स्तरमा खेलकुदलाई पर्वसँग जोड्दै नेकपा एमालेलाइ सवै जनताको मनमनमा पुर्याउने । ‘ जनजनमा खेलकुद मनमनमा खेलकुद’ हान्ने मुला नाराका साथ खेलकुद मार्फत स्वस्थ्य अभियनको सुरुवात गर्ने।

६. असार १५ गते हुने रास्ट्रिय धन दिवसको अवसर पारेर ‘खेलाडी खेतमा दुइ दिन’ भन्ने नाराका साथ ‘ हिले टग अफ वार प्रतियोगिताको आयोजना गर्ने।

७. वैशाख ३० गते सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा देशभर विभिन्न पालिका तथा वडाहरुमा निर्वाचित भएका नेपाल खेलकुद महासंघका विभिन्न नेताहरुलाई बधाई तथा कार्यसफलताको शुभकामना दिईयो।

८. देशका केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसंग समन्वय गरि खेलका गतिबिधिहरु सन्चालन गर्नका लागी महासंघ स्थाई कमिटि सदस्य एवं संगठन विभागका प्रमुख दिपेन्द्र दाहालको संयोजकत्वमा १० सदसीय खेलकुद प्रतियोगीता विशेष उपसमितिको गठन गरेको छ।

त्यस्तै वतमान सरकारले प्रस्तुत गरेको आर्थीक बर्ष ०७९/०८०को बजेटमा खेलकुद क्षेत्रमा बिनियोजन गरेको बजेट अघिल्लो बर्षको भन्दा झन्डै ३८ करोड कम विनियोजन भएकोमा पनि महासंघको ध्यानआकर्षण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्