‘ए मेरो हजुर ‘ मा रोमान्टिक पुष्प र श्रद्धा


चलचित्र ‘कृष्णलीला’ मा समावेश ‘ए मेरो हजुर’ बोलको गीत सार्वजनिक भएको छ। रवि ओड र सुनिता कार्कीले आवाज भरेको गीतमा डीआर उपाध्यायको शब्द र बाबुल गिरिको संगीत रहेको छ।

मनाङ्गको तिलिचो क्षेत्रमा खिचिएको गीतको भिडियो मा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर रहेका छन्। मनाङको आकर्षक हिमाली भूभाग देखाईको भिडियो आकर्षक बनेको छ।

प्रेम कथामा आधारित चलचित्र लाई दिपक ओलीले निर्देशन गरेका छन्। प्रकाशराज कार्की र केवल तामाङले निर्माण गरेको चलचित्र भदौ ३ गते रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्