बाल मनोविज्ञानको कथा बोकेको ‘रोल नं १’ को ट्रेलर सार्वजनिक


जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र ‘रोल नं १’ को ट्रेलर सार्वजनिक भएको छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना र र्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ ।
बालमनोविज्ञान बाट चलचित्रको कथा भन्न खोजिएको ट्रेलरले स्पष्ट पर्छ।

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा चलचित्रमा समेटिएको छ।


चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्