चलचित्र ‘जदौ’ को शिर्ष गीत सार्वजनिक


चलचित्र ‘जदौ’ को शिर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक भएको छ। हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत सार्वजनिक गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएको गीतमा चलचित्रका प्रमुख कलाकारलाई रामजी लामिछानेले नचाएका छन्। भिडियोमा नीति शाह,प्रभातपाल ठकुरी,राजश्री थापा लगायतका प्रमुख कलाकार फिचर छन् ।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्र असोज ९ गतेबाट रिलिज हुँदैछ। समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालि सँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रतातपाल ठकुरी,राजश्री थापा,विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको सहनिर्मातामा राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल,नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्