‘प्रकाश’ लाई चम्किलो बनाउन प्रदिपको मिहेनत


‘प्रेमगीत’ चलचित्रबाट उदाएका अभिनेता प्रदिप खड्का नेपाली चलचित्रको पछिल्लो पुस्ताका सर्वाधिक चर्चामा रहेका अभिनेता हुन्। युवापुस्ता माझ दरिलो छाप बनाएका प्रदिपको चर्चा यतिबेला चलचित्र ‘प्रकाश’ लाई लिएर रहेको छ। चकलेटी अभिनेताले आफुलाई गरेको रुपान्तरण नै चर्चाको बिषय रहेको छ। प्रकाशका लागी प्रदिपले गरेको मिहेनत सार्वजनिक प्रचार समाग्रीमा स्पस्ट देख्न सकिन्छ। चरित्रको जीवन बाच्न उनले हदैसम्मको मिहेनत गरेका छन्। अनुप बरालसंग अभिनय सिकेर चकलेटि प्रदिप ‘प्रकाश’ बनेका हुन् । उनले जुम्लेली भाषा सिक्ने देखि चरित्रको जीवन बाच्न एकान्तकुनादेखी अनामनगरसम्म खाली खुट्टा हिडेर आएका किस्सा समाचार बनिरहेका छन्।

कर्णालीमा हलो जोत्दै गरेको अर्को एक तस्विरले यतिवेला चरित्र माथी जीवन्तता दिन उनले गरेकी मिहेनत स्पष्ट देखाइरहेको छ । सार्वजनिक भएका दुई तस्वीरमा उनलाई अनुप बरालले पात्रमा ढल्नका लागी गरेको मिहेनतको स्पष्ट नतिजा देख्न सकिन्छ।

ठुलो क्यनाभास र झकिझकाउ सेटमा देखिदै आएका प्रदिपका मिहेनतका यी दृश्य निकै लोभलाग्दो देखिन्छ। चलचित्रको प्रचार समाग्री जस्तै मिहेनत र चरित्र पुरा सिनेमामा देखिने हो भने प्रदिप युवा पुस्ताका अभिनेताका लागी उदाहरण भन्ने छन्। उनि आफ्नो पात्रलाई जीवन्तता दिन कति सफल भएका छन् त्यो भने भाद्र १० गतेबाट थाह हुनेछ।

प्रतिक्रिया दिनुहोस्