ट्रेलर सार्वजनिक गर्दै प्रचारमा जुट्यो ‘अक्षरा’ टीम


भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’ टिम प्रचारमा जुटेको छ। प्रदर्शनमा आउन एक साता बाँकी छँदा निर्माण पक्ष प्रमोसनमा जुटेको हो। कृष्ण अष्टमीको अवसर पारेर निर्माण टिमले कलाकार सहित रथयात्रा गरेको छ। शुक्रबार बौद्धमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला,पुस्कर राउत, निर्देशक विनयराज पौडेल,तथा निर्माताहरुको उपस्थिति रहेको थियो।

देशमा आएको बाढीका कारण प्रभावित बनेको चलचित्रको प्रचार निर्माण टिमले सुरु गरेको हो । चलचित्रकी अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका विभिन्न स्थानमा बाढीपिडितलाई राहतका सामाग्री बाँडेर फर्किएकी थिइन्।

विनयराज पौडेल निर्देशित चलचित्रमा न्यान्सीका साथमा सुशील सिटौला,सुशील पोखरेल,उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत,रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता सोनी थापा हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।

यहि बीचमा चलचित्रको निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको छ। अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी केटो हेरेर जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको छ। ट्रेलर रिलिज कार्यक्रममा निर्माताको भागमा आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिदिने घोषणा गरेका छन्। हलबाट निर्माताको भागमा आएको रकमको १० प्रतिशत कोषमा जम्मा गर्ने निर्माण पक्षले घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्