कमल र मेलिनाको ‘म गीत हुँ तिम्रो’ मा रोमान्टिक एलिजा पुष्प


गायक कमल खत्रीको सफल गीत ‘म गीत हु तिम्रो’ को दोश्रो भाग सार्वजनिक भएको छ। करिव ५ बर्ष अगाडी सार्वजनिक गीतमा कमल र सिम्पल खरेलको आवाज रहेको थियो। निकै हिट गीतको दोश्रो भाग ‘म गीत हु तिम्रो २’ मा कमललाई आवाजमा मेलिना मैनालीले साथ दिएकी छिन्। गीतमा कमलको नै शब्द र संगीत रहेको छ ।


प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा एलिजा गौतम र पुष्प खड्का फिचर रहेका छन्। उत्तम हुमागाईले खिचेको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्