‘पानीफोटो’: करियरको नयाँ यात्रा खोज्दै मलिका


मलिका महतले चलचित्र ‘यात्रा’ बाट अभिनयमा डेव्यु गरिन् । क्युट लुक्स र शालिन अभिनयले मलिकाले ठिकठाक चर्चा कमाईन् । चलचित्र कमर्सियल रुपमा सफल नभएपनि मलिकालाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरियो। धेरै चलचित्रका अफर आएपनि मलिकाले चलचित्रमा काम गर्न ओके गरिनन्।

कोरोना कहर सुरु भएपछी त सवै क्षेत्र बन्द । तर कोरोनाको कहर मलिकाका लागी वरदान बन्यो। एक म्युजिक भिडियोले उनको चर्चा चुलियो। चलचित्र क्षेत्र बन्द भएको अवस्थामा मलिका म्युजिक भिडियोमा सर्वाधिक खोजिने मोडल बनिन् । उनले गरेका म्युजिक भिडियोले उनको चर्चा झन् उचाइमा पुग्यो। उनै मलिका अभिनित चलचित्र ‘पानीफोटो’ साउन १३ गतेबाट रिलिज हुदैछ। खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्रका सार्वजनिक प्रचार समाग्रीले चर्चा झनै चुलिएको छ।

रंगमंचका माझिएका गुरु र अभिनेता अनुप बराल, अभिनयले नै दर्शकक मन जितेकी मेनुका प्रधान र आफैलाई अब्बल प्रमाणित गरेका खगेन्द्र लामिछानेसंग मलिकाले काम गरेकी छिन् । यो उनको करियरका लागी सिकाईको ठुलो उपलब्धी बन्ने पक्का देखिन्छ। तर उनले अभिनय कस्तो गरेकी छिन् र यसले उनको करियरमा कस्तो छाप छाड्ने छ त्यो भने साउन १३ पछी नै थाह हुनेछ।

प्रतिक्रिया दिनुहोस्