A vertical shot of the black cat in the dark darkness

‘प्रेमगीत ३’ प्रचार सुरु, नेपाल- भारत एकैपटक रिलिज तयारी


बर्षको प्रतिक्षित र सन्तोष शेनको महत्वकांक्षी प्रोजेक्ट ‘प्रेमगीत ३’ ले आफ्नो प्रमोशन सुरुवात गरेको छ । निर्माण टिमले देशका विभिन्न स्थानमा चलचित्रको पोष्टर र प्रचार समाग्री वितरण गर्दै चलचित्रको ग्राउण्ड प्रमोशन सुरुवात गरेको छ। निकै महत्वकांक्षी चलचित्रको ट्रेलर ओपन स्पेशमा गर्ने तयारी निर्माण टिमले गरिरहेको छ। चलचित्र भारतमा पनि रिलिजको तयारीमा रहेको छ। निर्माण टिमले ‘विश्वजितम’ नाम दिएर नेपाल रिलिजकै दिन भारतमा पनि रिलिज गर्नेछ।

चलचित्रको ट्रेलर भारतमा पनि रिलिज गर्ने तयारीमा निर्माता शेन रहेका छन् । देशैभरका ठुला शहर र मलमा चलचित्रको होडिङ बोर्ड टासेर प्रमोसनको सुरुवात निर्माण टिमले गरेको छ। यो लगत्तै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ।

चलचित्रको प्रमोशनका लागी अभिनेता प्रदिप खड्का भने प्रकाश रिलिज पश्चात जोडिनेछन् । भदौ १० गते प्रकाश रिलिज भएपश्चात प्रेमगीत ३ को प्रमोशनमा जोडिने प्रदिपले बताएका छन्। त्यो भन्दा अगाडी निर्माण टिम ग्राउण्ड प्रमोशन र अन्य तयारीमा जुटेका छन्। सन्तोष शेन र स्व. छेतेन गुरुङ्गले निर्देशन गरेको चलचित्र मल्टिस्टारर रहेको छ।

प्रतिक्रिया दिनुहोस्