A vertical shot of the black cat in the dark darkness

प्रेम चर्चामा अभिनेता पुष्प खड्का, श्रद्धा क्षेत्रीसंग जोडियो नाम


अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम प्रसंगले सिनेमा नगरी यतिबेला गर्माएको छ। दुवै अभिनित चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गतेबाट रिलिज हुदैछ। चलचित्रका केहि प्रचार साम्रागी पनि रिलिज भैसकेका छन्। तर जति चर्चा रिलिज प्रचार सामग्रीले बटुल्यो त्यो भन्दा बढी चर्चा दुवैको प्रेमसम्बन्धको रहेको छ। संगै चलचित्रमा काम गरेका कलाकारको नाम जोडिनु कुनै नौलो कुरा होइन । तर पुष्प यस्ता अभिनेता हुन् जसको हालसम्म कुनै पनि सहकर्मीसंग सार्वजनिक रुपमा नाम जोडिएको छैन। अझ श्रद्धासंगको उनको निकटता पनि स्पष्ट देख्न सकिन्छ।

भारत बस्ने श्रद्धा पुष्पकै जन्मदिनका लागी भनेर नेपाल आएको चर्चाले दुवैको प्रेमलाई झन् बल पुर्याएको छ। हिजो चलचित्रको निर्माण टिमले अभिनेता पुष्प र निर्देशक दिपक ओलीको जन्मदिनको समारोह राखेको थियो। उक्त समारोहमा पनि दुवैले आफ्नो प्रेमलाई अस्विकार गरेनन्। बरु पुस्पले त अहिलेसम्म काम गरेकोमा सवैभन्दा कम्फ़र्टेवल को-आर्टिस र नजिकको साथीसम्म भन्न भ्याए। जे होस् आफुलाई अभिनयमा थोरबहुत स्थापित गर्न सफल पुष्प र नव-नायिका श्रद्धाको जोडीलाई शुभकामाना।

प्रतिक्रिया दिनुहोस्