A vertical shot of the black cat in the dark darkness

दिपक-दीपाको ‘छक्का पन्जा ४’ घोषणा, हेमराज बिसी निर्देशक


दिपकराज गिरि र दिपाश्री निरौलाको टिमले निर्माण गर्ने चलचित्र सधै चासो र चर्चामा रहने गर्दछन्। सफल सिनेमा निर्माण र निर्देशनमा ह्याट्रिक गरेकी दिपाश्रीले ‘छक्का पन्जा’ को चौथो सिक्वेलको निर्देशनको जिम्मा हेमराज बिसीलाई सुम्पिएकी छिन्। सोमबार भक्तपुरको सुर्यविनायक मन्दिरमा दिपक-दिपाको टिमले ‘छक्का पन्जा ४’ औपचारिक घोषणा गरेको हो।


चलचित्रको शुभमुहर्त र घोषणा कार्यक्रममा धेरैको लागी चासो भनेको चलचित्रको नाम के रहने भन्ने थियो। कहिले ‘श्री माग्ने राजा’ त कहिले ‘छक्का पन्जा ४’ के नाम राख्ने निर्माण टिमले निर्णय गरेको थिएन। कतिसम्म भने चलचित्रका कलाकार पनि कुन नाम रहने भन्ने कुराले उत्साहित रहेका थिए। चलचित्रको कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा र केदार घिमिरे रहेका छन्। सदाझै चलचित्रमा कलाकारको ठुलो उपस्थिति रहेको छ। दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, रवि डंगोल, रमेश बुढाथोकी, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, परिक्षा लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ। शहरको कथा बोल्ने चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्