‘परदेशी २ पहिलो गीत’: केकी र प्रकाशको प्रेम


नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी २’ को पहिलो गीत रिलिज भएको छ। निशान भट्टराईको स्वरमा रहेको ‘के वर् मागी फर्कियौ’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा रमेश पौडेलको शब्द र नारायण रायमाझीको संगीत रहेको छ। २० बर्ष अगाडीको सुपर हिट गीतलाई पुन: रेकर्ड गरिएको हो। गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारि फिचर रहेका छन्।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोले केकी र प्रकाशको प्रेमभाव बोलेको छ। नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको चलचित्र असोज १४ गतेबाट रिलिज हुदैछ। चलचित्रमा केकी र प्रकाशको साथमा दिलिप रायमाझी, बर्षा शिवाकोटी, प्रसान्त तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्