कृष्णलीलाको अस्ट्रेलिया राइट्स बिक्रि


भाद्र ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कृष्णलिला’ को अष्ट्रेलिया राइट्स बिक्रि भएको छ। अष्ट्रेलियाका लागी निकेश मानन्धरले चलचित्रको राइट्स खरिद गरेका हुन्। बुधबार राजधानीमा चलचित्रको टिम र निकेशका प्रतिनिधि बीच प्रदर्शन अधिकार सम्झौतामा हस्ताक्षर भएको छ।

चलचित्रका दुई गीत ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर’ लाई दर्शकले रुचाएका छन्। त्यस्तै चलचित्रका अन्य प्रचार सामग्रीले पनि दर्शकको मन जितिरहेका छन् । दिपक ओली निर्देशित चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा रहेका छन्। दिपक ओली निर्देशित चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ्ग, रविन्द्र झा, भावना गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्