प्रदिप खड्का: स्वस्तिमा नम्बर वान, पूजासंग छैन कुनै दुश्मनी


करियरमा सफलताको स्वाद संगै चाखेका प्रदिप खड्का र पुजा शर्माको मित्रता भन्दा पनि दुश्मनीको चर्चा ज्यादा हुने गर्दछ। ‘प्रेमगीत’ चलचित्र बाट नेपाली चलचित्र क्षेत्रमा उदाएका दुवै अहिले दर्शकको पहिलो रोजाईका कलाकारमा पर्ने गर्दछन्। चलचित्र नगरी नै छाडेर अष्ट्रेलिया जाने तयारीमा जुटेका प्रदिप र लगातार असफलताको स्वाद चाखेकी पूजा दुवै एकै चलचित्र बाट चम्किए। तर दुवै फेरी कहिले साथ देखिएका छैनन। दर्शकको खोजि अझै पनि पूजा-प्रदिपको जोडी रहने गर्दछ। तर अन्तरिक मतभेदका कारण कुनै समय दुवै कट्टर दुस्मन जस्तै बनेका थिए।

अभिनेत्री स्वस्तिमा खड्काले आफुलाई भर्सटायल अभिनेत्रीको रुपमा प्रमाणित गरिसकेकी छिन्। पाएको पात्रलाई सकेसम्म जिवन्त न्याय दिने कोसिसमा स्वस्तिमा रहेकी हुन्छिन्। पछिल्लो पुस्ताकी नम्बर एक अभिनेत्रीको ट्यागको लडाईमा पूजा र स्वस्तिमालाई दर्शकले समावेश गर्ने गर्दछन्। उसो त दुवैबीचको कोल्ड वार पनि गज्जबको नै छ। भलै खुलेर नदेखिएला तर घुमाउरो तरिकाले एकअर्काको कुरा दुवैले अन्तर्वार्ता देखी अन्य समय गरिरहेका हुन्छन्।

प्रदिप अभिनित दुई चलचित्र रिलिजको तयारीमा रहेका छन्। भदौ १० मा प्रकाश रिलिज हुदैछ भने असोज ७ मा ‘प्रेमगीत ३’ रिलिज हुदैछ। ‘प्रकाश’ उनी भिन्न चरित्र र पात्रमा देखिछन्।
प्रदिपलाई एक अन्तर्वार्ताको क्रममा पूजा र स्वस्तिमामा नम्बर एक अभिनेत्री को भनेर सोधिएको थियो। उनले स्वस्तिमाको नाम लिएका थिए ।
उनले सहकार्य गरेका विभिन्न अभिनेत्रीमा पनि उनले पूजाको अव्सन चुज गरेका थिएनन्। पूजा र प्रदीपको साच्चै दुस्मनी नै हो त ?
प्रश्नमा प्रदिप भन्छन् ,’ व्यक्तिको विचार र स्वभाव फरक हुन्छ। वैचारिक मतभेद भएपछि संगै सहकार्य हुन्न। यसलाई दुस्मनीको रुपमा कसरी हेर्ने। चलचित्रमा मात्र हैन व्यक्तिगत जीवनमा पनि हामी संगै ग्रो भएका छौ। नजिकैको टोलमा हुर्किएका हौ हामी। वैचारिक मतभेदको अन्त्य भएमा भोली फेरी सहकार्य हुनसक्नेछ। ‘

प्रतिक्रिया दिनुहोस्